no-image

काठमाडौ ।

केहि समय अगाडी बामदेवले राससमा दिएको अन्तर्वार्ता निम्न छ- नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र

अडानका कारण उनको जीवनमा राजनीतिक उकाली ओराली सामान्य साबित भइसकेका छन । पार्टी एकता वा पार्टीभित्रको अन्तर सङ्घर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका

निर्णायक रहँदै आएको छ । सरकार वा पार्टीको काममा सधैँ शक्तिशाली भूमिकामा देखिने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष गौतमसँगको कुराकानी:

मुलुकमा उपनिर्वाचन सम्पन्न भएको छ, नेकपाले संस्थागतरुपमा यसको समीक्षा पनि शुरु गरेको छ । प्रारम्भिक मूल्याकङ्नमा नेकपाले विगतका कतिपय स्थान गुमाएको छ, तपाईंले उपनिर्वाचनलाई कसरी समीक्षा गर्नुहुन्छ ?

–यो उपनिर्वाचनमा समग्रमा हामीले सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेका छौँ तर परिणामबाट हामी उत्साहित हुनुपर्ने जरुरी छैन । हामीले विगतमा जितेकामध्ये महत्वपूर्ण केही स्थान जोगाउन सकेनौँ ।

भक्तपुरको एक प्रदेशसभा सदस्य, धरान उपमहानगरपालिकाको प्रमुख र चितवनको एक वडाध्यक्ष पद गुमाएका छौँ । विगतमा हामीले गठनबन्धन गरेर चौतर्फीरुपमा विजय हासिल गरेको

चितवन जिल्ला, जहाँ हाम्रो पार्टीका एक अध्यक्षको गृह जिल्ला पनि हो, त्यहाँ गुमाएका छौँ । अर्घाखाँची र दाङमा पनि केही स्थान गुमेका छन् । पार्टीको यही मङ्सिर १८

गतेको सचिवालय बैठकले समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित जिल्ला र स्थानीय तहलाई निर्देशन दिएको छ, त्यो प्राप्त भएपछि मङ्सिर २३ गतेका लागि तय भएको बैठकमा यसबारे छलफल शुरु हुनेछ ।

सरकारसहित हामी निर्वाचनमा जाँदासमेत पहिला जितेका स्थानहरु गुम्न पुगेका छन । हामीले त्यो स्थानलाई जोगाउँदै नयाँ ठाउँमा पहुँच स्थापित गर्न सक्नुपर्नेमा त्यो सकेनौँ ।

 

नसक्नुले हामी सरकार र पार्टी काममा लोकप्रियताको कसीमा खाँटी हुन सकेको देखिँदैन । त्यसकारण निर्मम भएर समीक्षा गर्दा सरकार र पार्टीले जनभावना अनुसार

राम्रो काम नगरेको प्रस्ट देखिन्छ । आगामी निर्वाचनमा थप स्थान गुमाउनुपर्ने खतरा उत्पन्न हुन सक्छ ।

प्रकाशित मिति October 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस