no-image

काठमाडौ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले हेलचक्राइँ गरेको बताएका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

सरकारविरुद्ध दसैँपछि व्यापक आन्दोलन र संसदमा हंगामा गर्ने बताए । गरिब जनतालाई नि:शुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आ|रोप देउवाको छ ।

पछिल्लो समय काठमाडौंमै कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको देउवाले बताए । अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक

हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको देउवाको आरोप छ । अक्सिजनसहित व्यवस्था गरी आइसोलेसन तयार गर्ने काम सरकारको हो ।

तर सरकारले काम नै गरेको छैन, सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझेपछि शुक्रबार देउवाले भने, काठमाडौंमा धेरै आइसोलेसन बनाउनुपर्छ ।

स्थिति भयावह भइसकेको छ । आइसोलेसन बेडको हाहाकार भइरहेको छ । सरकारले आवश्यकताअनुसार भेन्टिलेटर पनि व्यवस्थापन गर्न नसकेको सभापति देउवाले बताए ।

तुरून्तै सरकारले भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार गरोस्,’ उनले भने, ‘यदी सरकारले यी काम गरेन भने हामी विरोध गर्छौं । कोरोना रोकथाम तथा नियन्त्रणमा

जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको देउवाले बताए । सरकारले जनताको कुनै वास्ता नै गरेको छैन । मरे मरून् भन्ने

अवस्थामा पुगेको छ,’ देउवाले भने, ‘सरकारले यस्ता महामारीमा सबैभन्दा धेरै काम गर्नुपर्ने हो। तर सरकारले जनताको मतलव नै गरेन । सरकारले कोरोना नियन्त्रण र

भष्टाचार रोक्ने कदम नचाले दसैंलगत्तै आन्दोलनमा उत्रने पनि देउवाले चेतावनी दिएका छन । सेनिटाइजरदेखि मास्कसम्म भ्रष्टाचार भएको छ । यति भ्रष्टाचार त अहिलेसम्म सुनेकै

थिएन, देउवाले भने, कोरोनाका नाममा धेरै भ्रष्टाचार भइरहेको छ। महामारीका बेला आन्दोलन नगर्ने कि भनेको जनताका पक्षमा सरकारले काम गरेन । उनले संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए ।

यो गैरजिम्मेवार र संवेदनशीलहीन सरकार हो। मान्छेको जीवनमा हेलचक्राइँ गरेको छ । मानिसको जीवन बचाउन हरसंभव प्रयास गर्नुपर्नेमा त्यसो भएन,

उनले भने संसदमा अब हंगामा गर्नुपर्छ। दसैंलगत्तै आन्दोलन गर्नुपर्छ। सरकारलाई जनताका पक्षमा काम गर्न बाध्य बनाइछाड्ने देउवाले बताए ।

प्रकाशित मिति October 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस