no-image

काठमाडौ ।

सर्लाही रामनगरका सबै कम्युनिष्ट कांग्रेस प्रवेश काठमाडौं । सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ अन्तरगत रामनगर गाउँपालिकाका २५० जना व्यक्तिहरु कांग्रेस प्रवेश गरेका छन ।

नेकपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका श्याम यादवसहित २५० आज कांग्रेसमा प्रवेश गरेका हुन । रामनगर गाउँपालिका ५ स्थित विर्ताटोलमा रामनगर गाउँ समितिले आयोजना गरेको

बृहत पार्टी प्रवेश कार्यक्रममा कम्युनिष्ट पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन । नेकपाको तर्फबाट वडा नम्बर १ को वडा अध्यक्षको उम्मेदवार, ५ नम्बर वडाका निर्वाचित

सदस्यहरु क्रमश श्याम यादव, मोमलती यादव,राजदेव यादव, चन्देश्वर यादव,बेचन यादव, अंसीक यादव,रामबाबु यादव, सुबोध यादव शिवजी यादव लगायतका २५० जना व्यक्तिहरू

नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबैलाई कांग्रेसका नेता अमरेश कुमार सिंह र प्रदेश सभा सदस्य बीरेन्द्र सिंहले स्वागत गरेका हुन ।

नेकपा छोडेर कांग्रेस प्रवेश गर्नेहरुले नेकपा भ्रष्टाचारमा लिप्त भएको र लोकतन्त्रको रक्षा गर्न कांग्रेस जति उपयुक्त पार्टी अरु नभएकोले नेकपालाई खबरदारी गर्न कांग्रेस प्रवेश गरेको बताए।

प्रकाशित मिति October 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस