no-image

काठमाडौँ ।

सरिता गिरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई नैतिकता नभएको व्यक्ति भनेकी छन । कालापानी-लिपुलेकका विषयमा अनेक बोलेर भारतको पक्षमा वकालत गरेपछि सांसद पद

गुमाएकी गिरीले आफूलाई नियोजित रुपमा हटाइएको र त्यसको सम्पूर्ण योजना बाबुरामले बनाएको बताएकी हुन । आफ्नो सांसद सदस्यता समाप्त गर्न भट्टराईले सांसद गंगा चौधरी लाई प्रयोग गरिएको उनले आरोप लगाएकी छन ।

नेकपा सांसद गंगा चौधरी पहिला नयाँ शक्तिको तर्फबाट सांसद रहेको र सोहि कारण भट्टराईले चौधरीलाई प्रयोग भन्ने आरोप उनको छ । नेकपाको सांसद हुनुभन्दा अगाडी सांसद गंगा

चौधरी नयाँ शक्ति पार्टीकी सदस्य थिइन । सुनियोजित षडयन्त्र अनुसार मेरो सांसद सदस्यता समाप्त गर्न पूर्वप्रधानमन्त्रीले भट्टराईले सांसद गंगा चौधरी लाई प्रयोग गरे ।

अदालत लाई वशमा लिनका लागि मुद्दाको सुनवाई हुनु भन्दा ठीक एक दिन अघि प्रमुख न्यायाधीश लाई महाभियोग लगाउने धम्की दिए । ट्वीटरमा उनले लेखेकी छन् । उनीलाई मानिस बौद्धिक भन्छन ।

तर, म मानिन । किन भने– उनी बौद्धिक भइदिएको भए १८१६ को सुगोली सन्धि र नयाँ नक्शाबारे मैले बोलेका कुराहरुलाई पार्टीमा छलफलका लागि लाग्थे । गिरी थप

लेख्छिन संसदीय दलको बैठकमा मैले बोलेका कुराहरु चुपचाप सुने। कुनै प्रतिक्रिया दिएनन । संसदीयदलको बैठकमा पनि विषयलाई बहसमा लगेनन । षडयन्त्रको मगज भएका

तानाशाहहरु पारदर्शी र खुला राजनीति गर्न सक्दैनन । उनीहरु पछाडीबाट मात्र प्र-हार गर्न जान्दछन । नैतिकता शब्द उनीहरुको शब्दकोषमा हुँदैन ।

प्रकाशित मिति October 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस