हेर्नुहोस हिमानीले ‘नाइटो’ छेडेको तस्बिर भाइरल बन्यो…

फोटो पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले १० वर्ष अघि पूर्वयुवराज्ञी हिमानी शाहको एउटा तस्बिर कैद गर्यो दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर ।

अबरोध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए । मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो ।

तस्बिरमा हिमानीले नाइटो छेडेको (पियर्सिङ) गरेको पनि देखियो । सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठूलो चर्चा भयो। अनेकथरी प्रतिक्रिया अाए । कतिपयले यसलाई ‘नीजी इच्छा’ भनेर प्रतिक्रिया दिए ।

राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चापरिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह त्यो बेला रिसाएको बताइन्छ । त्यसपछि हिमानीले पियर्सिङ हटाइएको चर्चा पनि भयो । यस विषयमा उनले भने कुनै प्रतिक्रिया जनाइन् ।

१० वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन् । सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बाक्लियो ।

उनि पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय छन् । उनको मिडिया तथा सामाजिक संजालमा चर्चा पनि निकै हुने गर्छ ।

प्रकाशित मिति October 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस