no-image

काठमाडौं

जंगी अड्डाले निवर्तमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको बिदाइ आइतबार गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दै मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी थिइन्।

जसमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालेका छन्।

जंगी अड्डाले निवर्तमान रक्षामन्त्रीको हैसियतमा आइतबार साँझ पोखरेलको बिदाइ गर्ने भएको हो। त्यसका लागि जंगी अड्डाले उपप्रधानमन्त्री पोख्रेलेको समय मिलाएको स्रोतले बताएको छ।

रक्षा मन्त्रालयले बिहीबार रक्षामन्त्रीको हैसियतमा पोख्रेलको बिदाइ गरेको छ।

प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री पोख्रेललाई थप शक्तिशाली बनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्न जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति October 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस