no-image

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाले बाबुराम भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौ रकम भ्रष्ट्राचार गरेको आरोप पुष्टि गर्न चुनौति दिएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टीका नेता भट्टराईले केहिदिन अघि बुढीगण्डकी जलविद्युत आयोजनामा ओली, प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताउनुभएकाे थियाे ।

त्यसको खण्डन गर्दै आज नेकपाले एक बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण आरोप भएको भनिएको छ ।

‘सम्बन्धित तथाकथित प्रमाण भए सार्वजनिक र राज्यको आधिकारिक निकायमा पेस गर्न चुनौति दिन चाहन्छौँ, यद्यपि त्यस प्रकारका कृतिम आरोपको कथाकथित प्रमाणको हौवा भ्रमको खेति मात्र हो भन्ने स्पष्ट नै छ’- बिज्ञप्तिमा भनिएको छ ।

त्यस्तै राज्यको गरिमामय उच्च पद सम्हालि सकेका व्यक्तिबाट यसप्रकारका आपत्तजिनक र गैरजिम्वेवार अभिव्यक्तिका निम्ति सार्वजनिक रुपमा माफी माग्नुपर्ने नेकपाको भनाइ छ । यस्तै नेपाली काँग्रेसले पनि अघि नै एक बिज्ञप्ति जारी गर्दै भ्रष्टाचार भएको प्रमाण ल्याउन भट्टराईलाई चुनौती दिइसकेको छ ।

प्रकाशित मिति October 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस