no-image

काठमाडौ ।

पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले केपि ओलि, देउवा र प्रचण्डमाथि लगाएको ९ अर्व भ्रष्टाचारको आरोप पुष्टि नभए वा गर्न नसके झुण्डिन तयार रहेको बताएका छन ।

एभिन्युज टेलिभिजनले लिएको सार्वजनिक गरेको अन्तरबार्ताको प्रोमो क्लिपमा उनको उक्त भनाइलाइ समाबेस गरिएको छ । यस अघि गोर्खाको एक सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले

प्रधानमन्त्री केपि ओलि, र पुर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र देउवाले बुढीगण्डकी आयोजनामा ३-३ अर्व भ्रष्टाचार गरेको प्रमाण आफुसंग भएको बताएर चर्चामा आएका थिए ।

उनको उक्त आरोप लगत्तै नेपाली कांग्रेसले एक बिज्ञपति जारी गर्दै बाबुरामको आरोपमा सत्यता नरहेको बताएको छ भने नेकपाले भने कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

नेकपाका नेता भिम रावल लगाएतले डा. भट्टराईलाई उक्त आरोप सत्य हो र, उनिसंग प्रमाण भए अख्तियारलाई प्रमाण दिन अनुरोध गरेपनी प्रधानमन्त्री केपि ओलि र नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयको कुनै

औपचारिक धारणा बाहिर आएको छैन । स्मरण रहोस, यस अघि पनि डा. भट्टराईले २०४६ सालपछिका सम्पुर्ण प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च प्रशासकहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउदै आएका छन ।

प्रकाशित मिति October 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस