ब्रेकिङ न्युज: क्रि|श्चिय|नको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला जलाए

क्रिस्चियन लगानीमा हिन्दुत्व समाप्त पार्ने र हिन्दुहरुको हुर्मत लिने काममा मतियार वनेको भन्दै सोमवार नायक राजेश हमालको पुत्ला दहन गरिएको छ ।

राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाण्डौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् । समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनमा सुरु गरेको ‘जातका प्रश्न’

नामको कार्यक्रममा हमालले नेपाली हिन्दु समाजको वदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले वताए । नेपाली समाजको विभेद र छुवाछुतको अन्यका लागि भन्दै सुरु गरिएको टिभी कार्यक्रममा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ ।

हिन्दु विरोधी र चर्चवाट परिचालित ब्यक्तिलाई कार्यक्रममा वोलाएर नेपाली समाजको हुर्मत लिने काम गरेपछि हमालको पुत्ला जलाईएको यादवले वताए ।

‘हिन्दु मात्र होईन, हरेक समाजमा विभेद र छुवाछुत छ। यसको मतलव हिन्दु धर्मले विभेद खडा गरेको भन्ने वुझाई गलत हो’– उनले भने । हिन्दु धर्मका कुनै पनि ग्रन्थले विभेद

गर्न नसिकाएको वताएका उनले क्रिस्चियनको पैसा खाएर हिन्दुहरुलाई वदनाम गर्ने र हिन्दुत्वमाथि प्रहार गर्ने काममा हमालको संलग्नता प्रति आपत्ति जनाए ।

‘जातका प्रश्न’ नामको कार्यक्रम विभेद र छुवाछुत विरुद्ध नभई हिन्दु र हिन्दुत्व विरुद्ध सुनियोजित रुपमा सुरु गरिएको यादवको दावी छ ।

हमाललाई नेपाली समाजका दलित र विभेदमा पारिएकाहरुको त्यति धेरै चिन्दा भए हिन्दु संस्कार धानेका गुरु र सन्तहरुलाई वोलाएर पनि यो कार्यक्रम गर्न सक्थे ।

उनीहरुले हिन्दु संस्कार र विभेदका विरुद्ध ग्रन्थमा उल्लेख भएका कुराहरु सुनाउँथे’ उनले थपे–‘तर, हिन्दु विरोधी र चर्चको पैसा खाएकाहरलाई कार्यक्रममा वोलाएर हिन्दुहरुको हुर्मत लिने काम भयो। यो आपत्ति जनक छ।’

राजेश हमाल नायक नभएर खलनायक भएको पछिल्लो घट्नाक्रमले पुष्टि गरेको यादवको भनाई छ । नेपाली समाजले नै मानिदिएका कारण नायक भएका हमालले त्यहि समाजप्रति कुठाराघात गरेको उनको आरोप छ ।

हमालले जातका प्रश्न नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफि माग्नु पर्छ’ यादवले भने–‘त्यति मात्रै होईन, नेपाली समाजमा विग्रह पैदा गर्ने र हिन्दुत्व समाप्त पार्न षडयन्त्र पुर्वक सुरु गरिएको त्यो कार्यक्रम वन्द हुनु पर्छ।’

प्रकाशित मिति October 12, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस