no-image

राजविराज ।

राजविराज–७ निवासी ५८ वर्षीया प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवलाई सोमबार कोरोना संक्रमण देखिएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षण

अनुसार पूर्व शिक्षामन्त्रीसमेत रहेकी यादवसहित उनकी २६ वर्षीया बुहारी र चालक राजविराज–७ का २५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । सांसद यादवका छोरा प्रदेश सभा २ का सदस्य अभिषेक

यादवलाई आइतबार कोरोना पुष्टि भएपछि परिवारका सदस्य र काम गर्ने कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो। स्वास्थ्य कार्यालयले सोमबार सांसद यादवसहित सप्तरीका ४२ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार पुनः भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका ४ जना कर्मचारीमा संक्रमित देखिएको छ। संक्रमित हुनेमा राजविराज

नगरपालिका–६ का १७ जना, राजविराज नगरपालिका– ७ का १० जना, राजविराज नगरपालिका –९ का ५ जना, खडक नगरपालिका –७ का २ जना, बलान बिहुल गाउँपालिका–२ का ३ जना र बलान बिहुल गाउँपालिका–३ का १ जना रहेका छन ।

योसँगै सप्तरीमा १ हजार ४४३ जना संक्रमित पुगेको छ। जसमा ३ महिलासहित २१ जनाको मृत्यु भएको छ भने १ हजार १२७ जना निको भएको यादवले जानकारी दिए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबारको परीक्षणमा सप्तरीको निर्वाचन क्षेत्र नम्वर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद यादवसहित सप्तरीका २७ जनामा

कोरोना संक्रमण देखिएको थियो। रुपनी गाउँपालिका वडा सदस्य, कर्मचारीहरुसहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका ४ जना कर्मचारीसहित राजविराजका ९ जना संक्रमित थपिएका थिए।

स्वास्थ्य कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका छोरा १३ वर्षीय, श्रीमति ३२ वर्षीया र आमा ६२ वर्षीया महिला, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय

नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना पुरुष संक्रमित भएका थिए । तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारीमा पाँच दिन अघि संक्रमण पुष्टि भएको थियो । अन्नपूर्णपोस्ट बाट

प्रकाशित मिति October 12, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस