no-image

जोडी भएका मानिसहरुको तुलनामा सिंगल व्यक्तिहरुलाई कोरोना भाइरसबाट मृ’त्यु हुने खतरा अधिक भएको पाइएको छ । स्वेडेनको स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको

अध्ययनमा यसको खुलासा भएको हो । शोधकर्ताहरुले यस विषयमा चे’ता’वनी पनि दिएका छन् । स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनको नतिजा अनुसार जोडी

नभएकाहरुका साथै न्यून आय भएका, कम पढेलेखेका र न्यून वा मध्यम आय भएका देशका मानिसहरुमा कोरोनाभाइरसबाट निधन सम्भावना अधिक छ ।

यो अध्ययन स्वीडिश नेशनल बोर्ड अफ हेल्थ एण्ड वेलफेयरले गरेको हो । स्वेडेनमा दर्ता भएका मृ’त्युको तथ्यांकमा यो अध्ययन आधारित छ ।

यो अध्ययनमा २० वर्ष वा सोभन्दा बढी उमेरका मृ|तकहरुको मात्रै तथ्यांकको विश्लेषण गरिएको छ । ‘जनरल नेशन्स कम्युनिकेसन्समा प्रकाशित यो अध्ययनका लेखक स्वेन ड्रेफ्टहाल

भन्छन् ‘कोभिड १९ बाट भएका मृत्युको साथमा केही ठूला कारकहरु बलियोसँग जोडिएका छन् । रिपोर्टका अनुसार अविवाहित पुरुष वा महिलामा कोभिड १९

बाट मृत्युको खतरा विवाहितहरुमा भन्दा डेढदेखि २ गुणा बढी छ । यो सूचीमा विवाह नै नभएकादेखि विवाह भैसकेर सम्बन्धविच्छेद गरेका, विधवा,

विधुरलाई पनि समावेश गरिएको छ । अध्ययनमा कोभिड १९ बाट मृ|त्युको खत|रा महिला भन्दा पुरुषमा दोब्बरभन्दा बढी भएको पनि पाइएको छ ।

प्रकाशित मिति October 11, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस