no-image

काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको लडाईमा काठमाडौं पछाडी परेकोमा चिन्ता व्यक्त गरेका छन् । आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित

पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले महामारीको लडाईमा काठमाडौं पछाडी परेकोमा चिन्ता व्यक्त गरेका हुन् । यसले उपत्यकाबासीलाई थप समस्या निम्त्याउने उनको भनाई छ ।

अरुलाई नमूना दिने ठाउँमा काठमाडौं आफै महामारीको केन्द्र बनेकोप्रति उनको चिन्ता छ । कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय नभए पनि काठमाडौंको

व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीको भनाई छ । काठमाडौंका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके,

कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न पनि मन्त्री ज्ञवालीले आग्रह गरेका छन् ।

प्रकाशित मिति October 11, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस