no-image

प्रदेश नं ५

को राजधानी बुटवललाई नबनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २२ सयभन्दा बढी कार्यकर्ताले राजीनामा दिएका छन् । बुटवलमा राजधानी तोक्न नसकेकोमा उनीहरु रुष्ठ भएर नेकपा परित्याग गरेको बताइएको छ ।

यता मुख्यमन्त्री शंकर पोखरेलले भने प्रदेशको राजधानी दाङको देउखुरी १२ जिलालामा रहेका नागरिकहरुलाई भौगोलिक अवस्थाले सबैको साझा र माझ पर्ने बताएका छन् । मंगलबार विशेष समयमा बोल्दै मुख्यमन्त्री पोखरेलले सो स्थानलाई

राजधानी बनाएर बुटवललाई आर्थीक हबको रुपमा विकास गर्ने जनाए । प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि सहमतिका लागि

मंगलबार बैठक भइरहदा बाहिर सडकमा भने प्रदर्शन भइरहेको छ । सडकमा विपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरु बिरोध जारी राखेका छन ।

मंगलबार राजनीतिक दलहरुबिच सहमति नभए राजधानीको पक्ष र बिपक्षमा मतदान हुने छ। मतदानका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र विपक्षी दल नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।

सरकारले ल्याएको प्रस्ताव माथि तीन जनाले संसोदन प्रस्ताव हालेका छन् । प्रदेश सभामा ८७ जना सांसदहरु रहेका छन् । जसमा ६१ जना सांसद नेकपाका रहेका छन् । त्यस्तै नेपाली कांग्रेसका १९ जना,

जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद प्रदेश नं। ५ मा रहेका छन् । जसमा सभामुख र उपसभामुखले मतदान गर्न पाउने छैनन। नेकपा ५९ जनाले मात्र मतदान गर्न पाउनेछन् ।

प्रकाशित मिति October 10, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस