
काठमाण्डौ ।
पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनुभएको छ । गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको
आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताउनुभएको हो । गिरीले चीन सिमानामा रहेका स्तम्भ अनुगमन गर्न गएको नेपाली टोलीलाई
चिनियाँ पक्षले नेपालकै भूमिमा पसेर अश्रु ग्यास प्रहार गरेको र नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घाइते भएको दाबी गर्नुभएको छ ।
यस घटनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन गिरीको माग छ । भारतले मिचेको नेपाली भूमिसहित नेपालले नयाँ नक्सा जारी
गर्दा गिरीले आपत्ति जनाउनुभएको थियो । देशकाे हितविरुद्ध अभिव्यक्ति र क्रियाकलाप गरेको भन्दै उहाँलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।