no-image

अब अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री बनाउने त होला नि ! यो सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र हैन, मान्छेमा सवार हुने डरलाग्दो महत्वाकांक्षाको प्रतिबिम्ब पनि हो ।

डा.युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा प्रस्तावित भएपछि अधिकांश असन्तुष्ट मानिसले उनलाई गाली हैन बरु विभिन्न शैलीमा व्यंग्य गरेका छन ।

डा.खतिवडाले केही कर्मचारीसँग गरेको एउटा कुराकानीले यस्तै बुझाउँछ। यो खबर बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ । कहिल्यै राजनीति नगरेका खिलराज रेग्मी पनि

मन्त्रिपरिषद्को अध्यक्षका नाममा प्रधानमन्त्री नै भएका होइनन् र ? के त्यस्तो परिस्थिति फेरि आउँदैन र ? उनका ज्वाइँ डा.रामशरण खरेलले आफूलाई जिस्क्याउनेहरुको राष्ट्र बैंकको अनुसन्धान विभागमा बसेर यसरी प्रतिवाद गर्न थालेका हुन ।

हो पनि, नेपालमा चाकडी संस्कृतिको पक्षपोषण गर्नेहरुले कहाँ, कतिबेला, के पाउँछन्– भन्नै सकिँदैन । डा.खतिवडा पनि माधव नेपाललाई कन्याएर गभर्नर भए अनि केपी ओलीलाई ‘महान राष्ट्रवादी राजनेता’ जस्ता पदावली प्रयोग गर्दै

नजिकिए, प्रधानमन्त्रीसम्म हुने सपना साँच्न भ्याइसके ।
नेपालको राजनीतिक क्षितिजमा यस्ता गैरराजनीतिक मानिसहरुको चलखेल र चाकडीको श्रृंखला नयाँ होइन ।

भोजराज घिमिरे मुख्यसचिव हुँदा प्रचण्ड प्रधानमन्त्री थिए । फाइल च्यापेर एक साँझ भोजराज बालुवाटार पुग्नासाथ बत्ति गयो । अनि, प्रचण्डलाई ‘हेर्नु त सिएम, तपाईंको शासन

सफल हुन नदिन कस्तो षड्यन्त्र गरेका’ भन्दै उकास्न थाले । एकैछिनमा बत्ति आयो । भोजराजले बोली फेरे, ‘ल, हेर्नु त, वाइसिएलले ठोक्लान् भनेर बत्ति दिइहाले!

चाकडीवाजहरु पहिला–पहिला कृष्णप्रसाद भट्टराईलाई किशुनजी र गिरिजाप्रसाद कोइरालालाई ‘गिरिजाबाबु’ नै भन्थे । पछि सुशीलदा पनि भन्न भ्याए । देशका प्रधानमन्त्रीलाई कर्मचारीहरुले

सम्माननीयज्यू’ वा ‘प्रधानमन्त्रीज्यू’ भन्नुलाई स्वाभाविक मान्नुपर्छ। प्रचण्डको ‘सिएम’, अर्थात् ‘चेयरमेन’ पद देशको हैन, पार्टीको मात्रै हो ।

गिरिजाप्रसाद कोइरालालाई ‘गिरिजाबाबु’ को संबोधन अनौपचारिक हो । तर, औपचारिक दर्जाका मान्छेहरुले अनौपचारिक संबोधन गर्नु चाकडीको पराकाष्टा हो ।

प्रकाशित मिति October 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस