no-image

साढे तीन लाखमै बन्छ सुविधा सम्पन्न दुई बेडरुमको घर
सरकारले भूकम्पबाट ध्वस्त भएका घर निर्माणको लागि दुई लाख रुपैयाँ दिने घोषणा ग¥र्यो ।

यो घोषणापछि धेरैले आलोचना गर्दै भने, दुईलाख दिएर पनि घर बन्छ ? सामान्य रुपमा हेर्दा दुई लाख सानो रकम हो । यति थोरै पैसाले कहाँ घर बन्ला ? तर दशकदेखि स्थानीय

स्रोत र साधनको प्रयोग गरेर घर बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा घर बन्ने दावी गरेको छ । हिमालयन ब्याम्बो प्रालि जसले डेढ लाखमै भूकम्प प्रतिरोधी घर बनाउने दावी गरेको छ ।

बाँसबाट निर्माण हुने यो घरमा एउटा एउटा बेडरुम र किचेन गरेर दुई कोठा हुनेछ । ट्वाइलेट घर बाहिर बनाउनु पर्छ । श्रमदान गर्ने हो भने यो घरको मूल्य अझै सस्तो हुन्छ ।

आफ्नो घर निर्माण गर्दा आफैले श्रम गरे लागत घट्छ । मुलुकभित्रै बाँसका एक हजार घर बनाइसकेको कम्पनीले यस्ता घर ८ रेक्टर स्केलको भूकम्प प्रतिरोधी हुन्छन् ।

कोठाको घर डेढ लाखमै निर्माण गर्छौ । मुलुकभित्रै रहेको बाँसबाट राम्रो घर निर्माण गर्न सकिन्छ,’ कम्पनीका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार

जोशीले बिजमान्डूसँग भने, ‘घर निर्माणमा विदेशी सामानको प्रयोगनै गर्नुपर्दैन । स्वदेशी वस्तुको प्रयोग हुने भएकोले सस्तो भएको हो । भूकम्पपछि सस्तो, छिटो र सजिलोसँग घर

निर्माण गर्न चासो बढेको छ । छिटो र सस्तो निर्माणका लागि यस्ता घर उत्तम हुन्छन् । कम्पनीले एक महिना भित्रै घर निर्माण गरेर ग्राहकलाई हस्तान्तरण गर्ने दावी गरेको छ । १५

दिनमा फाउन्डेसन र १५ दिनमा घरनै निर्माण सकिने जानकारी पनि कम्पनीले दिएको छ । १५ दिनमा फाउन्डेसनको काम गर्नुपर्छ । अर्को १५ दिनमा बाँसबाट बनेका कच्चा पदार्थ

ल्याएर जडान गर्छौ,’ उनले भने, ‘भूकम्प पीडितका धेरै घर ध्वस्त भएका छन् । त्यसका लागि यो घर सबैभन्दा उत्तम छ । कम्पनीले दुई बेडरुम, किचेन र ट्वाइलेटसहितको घर पनि निर्माण गरिरहेको छ ।

यो घरको मूल्य भने साढे तीन लाख रुपैयाँ पर्छ । हामी ग्राहकले चाहे अनुसारको घर निर्माण गर्न सक्छौ । न्यून, मध्यम र उच्च आय भएका ग्राहकको माग अनुसार घर निर्माण

गर्न सक्ने क्षमता छ, अध्यक्ष जोशीले भने, ‘तर अहिलेको आवश्यकता भनेको भूकम्प पीडितको पुनस्र्थापनाको हो । त्यसैले डेढ लाख र साढे तीन लाख रुपैयाँको घरलाई बढी

लक्षित गरेका छौ।’गैरआवासीय नेपाली संघ(एनआरएनए) ले बाँसको घरको बारेमा जानकारी लिइसकेको छ । कम्पनीले एक हजार घर निर्माण गर्नसक्ने जानकारी एनआरएनलाई दिएको छ ।

प्रकाशित मिति October 7, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस