no-image

उनले लेखेका छन ।

खै कसरी लेखु जहाँ कुनै शब्द नै निःशब्द छन् जत्ति लेखे पनि जिन्दगी मा लेखिएको शब्दहरू म जस्तै भोलि बिलाएर जानेछन् जिन्दगी भनेकै घाम छाया जस्तै रहेछ जन्म पछिको मृत्यु त निस्चित नै हो तर पनि मृत्यु हुने तरिका सायद मलाई अलिक छुट्टै भावीले कोरिदिएछ ।

जिन्दगी वि, स, २०४ ८/८/९ देखि सुरु भएयता पनि मृत्यु को कुनै निस्चित छैन मेरो जिन्दगी भनेकै डुब्न लागेको घाम जस्तै हो खै कसरी भन्नु मेरा भोगाइ हरु जसले मलाई यो संसारमा जन्म दिनु भयो उहाँहरुको निम्ति नै केही नगरी अस्ताउन लागेको छ ।

जिन्दगी आज मलाई जसरी अभाव हुँदा दुःख हुँदा ती विर्दा बा को थाप्लोमा नामलोका दामहरुलाई सम्झन्छु झनै मुटु मा भकानो फुटेर आउँछ हात छ खुट्टा छ तर जिउँदै लंगरो भएको महसुस हुन्छ जिन्दगीले खानपिनमा चौरासी व्यञ्जन कहिले काही खोजिरहेको हुन्छ

तर ती आमाको काखमा राखेर दूध खुवाको बिर्सन्न कहिले सकिएन मेरो जिवनमा चौरासी व्यञ्जन भनेकै आमाको काख हो , खै कसरी भन्नु भाग्य लेख्ने विधताले मेरो जन्म देखि मृत्यु सम्म भाग्य त लेखेकै होला तर पनि भाग्य लेख्ने बिधताको मनमा पनि सायद मेरो जिन्दगी लेख्ने बेला पीडा र दुःख बाहेक अरु केही थिएन होला त्यसैले त मेरो जिवनमा ईश्वरको बरदान कहिले पनि आइपुक्न सकेन ,

आमाको फाटेको चोली ताल्न मन त छ तर धन कहिले भएन बाबाको दुःखमा साथ दिन मन त छ तर धन भएन ती भाई ती बहिनीको फि तिर्न मन त छ तर धन कहिले भएन , आज मेरो जिवनलाई आफैले आफैलाई सोड्ने गर्छु कहिले सम्मको ती तिम्रो यात्रा हो ?

साथी भाई आफन्त लाई किन बिर्सन्न पुक्दैछस् ती मनबाट उठेका प्रस्न हरुलाई कहिले पनि भुल्न मन छैन तर पनि बाधेताको दल दलमा फसी सकेको छु ,

खै आज भन्दै भोलि भन्दै साथीहरुले भनेको कुराहरूलाई मेरो माइन्दले रीमाइन्द गर्न सक्ने क्षमता हुँदैन होला त्यसैले म बाट भुल्चुक मा भएको गल्तीलाई साथी सम्झेर फाफ गर्नु होला , जिन्दगी मा निको नहुने रोक कुनै छैन तर पनि अभावलाई स्वीकार्न प्रछ अभावलाई नै आफ्नो जिन्दगी सोज्नु प्रछ , bone 🦴 marrow transplant is my life तर I don’t have money 💰 कस्लाई सुनाउँ यो बिदा

प्रकाशित मिति October 6, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस