बिदेशबाट आएका ६ यात्रुमा कोरोना भएपछि नेपाल बायुसेवालाई गर्यो का’रवा ही १४ दिन उडान रोक्ने

काठमाडौं ।

हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गर्दै १४ दिनका लागि उडान रोक्का गरेको छ । यो सँगै अब नेपाल एयरलाइन्सले २ साता हङकङ तर्फको उडान अनुमति पाउने छैन ।

नेपाल एयरलाइन्समा यात्रा गरेका ६ जनाको कोरोना भाइरस पुष्टि भएसँगै हङ्कङले कारवाही गरेको हो । कुनैपनि मुलुकबाट आवतजानत गर्न ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपार्ट चाहिन्छ ।

सोही प्रवधान अनुसार यात्रा गराइएका ६ जनाको हङ्कङ पुगेपछि गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । यता नेपाल एयरलान्स कम्पनीले भने यात्रुको लापरवाहीका कारण यो परिस्थिती सृजना भएको जनाएको छ ।

यहाँ पीसीआर नेगेटीभ हुनु र उता गएर पीसीआर पोजेटिभ आउनु यात्रुको कमजोरी भएको नेपाल एयरलाइन्ले बतायो । पीसीआर परिक्षणपछि यात्रु असावधानीका साथ यताउता बजार

निस्केको हुनसक्ने एयरलाइन्स कम्पनीको भनाइ छ ।
अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ गएका यात्रुमा सोमबार कोरोना पुष्टि भएको थियो ।

अब नेपाल एयरलाइन्सले १७ अक्टोवरबाट मात्रै हङ्कङको उडान भर्न पाउनेछ ।

प्रकाशित मिति October 6, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस