no-image

बुटवल

प्रदेश नम्बर ५ को स्थायी राजधानी देउखुरी (भालुवाङ) बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो।

प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। मतदान प्रक्रियामा जनमोर्चा भने सहभागी भएन। प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए।

पदेश ५ को सरकारले दाङ देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो ।

प्रकाशित मिति October 6, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस