
काठमाडौ ।
संसद सचिवायलको कर्मचारीलाई दु ब्र्यव हार गरेको आरोप लागेका कारण सभामुखवाट राजिनामा दिएका सत्तारुढ नेकपाका नेता कृष्णबहादुर महरालाई पार्टीले फेरी जिम्मेवारीमा ल्याउने तयारी गरेको छ ।
सो आरोप पछि उनी एक वर्ष राजनीति रुपमा निस्कृय भएपनि सामाजिक काममा भने सकृय थिए । उनी जे लवाट छुटेपछि सिधै गृहजिल्ला (निर्वाचन क्षेत्र) पुगेर सामाजिक काममा सकृय भएका थिए ।
वाढी पहिरोमा परेका र कोरोनाका कारण घरवार विहिन भएकाहरुलाई उनले सहयोग गर्दै आएका थिए । पत्नीसंगै दागं पुगेका उनी लामो समय उतै बिताएका थिए ।
अहिले काठमाडौ फर्किएका महरालाई नेकपाको स्थायी समिति सदस्य बनाउने तयारी गरेको बुझिएको छ । उनले यो जिम्मेवारी पाएसंगै ३१ महिनापछि सक्रिय राजनीतिमा फर्किन ढोका खुल्नेछ ।
नेकपामा सालिन छवि वनाएका महराको सो एउटा आरोपका कारण राजनीतिक जिवन प्रभावित भएको थियो । ४५ सदस्यीय नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि एक पद रिक्त छ ।
त्यसैले महरालाई स्थायी समिति सदस्य बनाउने गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ । नेकपाको असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र पार्टी एकताका
बाँकी काम सक्ने कार्ययोजना ल्याउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई निर्देशन दिएको थियो। उनीहरु त्यसको तयारीमा लागेका हुन् ।
राजनीतिक समिकरण मिलाउन पनि महरलाई स्थायी समितिमा ल्याउन लागिएको बताइएको छ । अब वस्ने नेकपा सचिवालय बैठकले महरालाई त्यो जिम्मेवारी दिने सम्भावना बढेको छ ।
२०७४ मंसिर २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा दाङ २ बाट निर्वाचित महरा सोही वर्षको फागुन २५ गते सभामुखमा निर्वाचित भएपछि सक्रिय राजनीतिमा थिएनन । सभामुख भएपछि फागुन २७ गते पार्टीका सबै जिम्मेवारीबाट उनले राजीनामा गरेका थिए ।
प्रकाशित मिति October 2, 2020