no-image

काठमाडौँ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी–नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर ।

जुन ठाउँको सडकमा हजारभन्दा बदी ऐनाहरु टाँसेको देख्न सकिन्छ । सडकको भित्ताभरी ऐना टास्नुको पछाडि धेरै कुराहरु लुकेको छ । जुन ठाउँ धेरै दु्घर्घटना हुने गर्दछ ।

केही तथ्यलाई हेर्दा विसं २०५८ वैशाख २० गते सिन्धुलीबाट काठमाडौं जाँदै गर्दा मुलकोट नजिकै रहेको रिट्ठे भीरमा बस खस्दा १४ जनाको निधन भएको थियो ।

२०६८ असोज २६ गते त्यसै ठाउँमा बस खस्दा बसका सबै यात्रु ४२ जनाको निधन भएको थियो ।त्यसको ठिक छ वर्षपछि २०७६ असोज २६ गते ६ जनाको निधन भएको थियो ।

जुन ठाउँमा धेरै यात्रुहरुले ज्या न गुमाएका छन् । तर जापान सरकारले सडक बनाउने क्रममा पानी र पोखरी दुवै मासियो । पोखरीमा देवी छन् भन्ने कुरा कसैलाई थाहा भएन,

जहाँ पूजा आरधना गरिन्थ्यो। त्यसको केही समयपछि एउटा आठ वर्षीया बालिकामा देवी उत्पन्न भइन् र उनले म देवी माता हुँ मलाई तिमीहरुले बस्न दिएनौ, मेरो बस्ने ठाउँ नै

भत्कायौ, मेरो टाउको माथि गाडीहरु गुडिरहेको छ । मेरो लागि कसैले पनि मन्दिर बनाइदिएन् । जबसम्म मेरो नाममा मन्दिर बन्दैन तबसम्म म धेरै मान्छेहरुको भोग खान्छु भनिन् । स्थानीयहरुले त्यस कुरामा गम्भीर भएनन् ।

त्यसको केही समयपछि यात्रुवाहक वस शुनकोशी नदीमा खस्दा ४२ जनाको निधन भएको थियो, जसको आत्माले शान्ति पाओस् भनेर सप्ताह पनि लगाइदिए स्थानीयहरुले ।

सप्ताह लागेको बेला एक्कासी एउटी महिलामा देवी उत्पन्न भएर उनले बोकेको भरमा कोशीमा गएर सेतो ढुङ्गा लिएर एउटा रुखको जराको सेतो र रातो

कपडाको धोजा बनाएपछि मन्दिर बनाएको स्थानीयहरु बताउँछन् । देवी मातालाई मन पर्ने भनेर ऐनाहरु राखियो । बिस्तारै ऐनाले धेरै संख्या लिन पुग्यो ।

प्रकाशित मिति October 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस