no-image

काठमाडौ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारलगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने बताएका छन ।

सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ छ । नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ ।

हाम्रा साथीभाइलाई धरपकड गरेको छ । ओली नेतृत्वको सरकारले कर्मचारीलाई पनि धम्क्याउने, तर्साउने काम गरिरहेको आरोप देउवाको छ।‘सरकारले जथाभावी गरेको छ ।

कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ । हाम्रो पालामा त यस्तो गरेको थिएन,’ उनले भने । उनले ओली सरकारलाई तह लगाउनुपर्ने पनि बताए । ‘ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ,’ देउवाले भने ।

प्रकाशित मिति September 30, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस