no-image

काठमाडौँ ।

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मनमा कुरा खेलिरहन्छ, निद्रा लाग्दैन,’ सरस्वतीले कान्तिपुरसँग भनेकी थिइन्, ‘कोठामा सबै थोक छ, तर घरभेटीले ताला लगाइदिएका छन्, कहिलेकाहीं बस्न दिन्छन् कि भनेर जान्छौं, भाडा तिरेपछि मात्रै ढोका खोलिदिन्छु भन्छन ।

सरस्वतीको परिवार आइतबार पनि आफ्नो कोठामा छिर्न पाइन्छ कि भनेर गएको थियो । तर घरभेटीले भाडा नतिरेसम्म पस्नै नदिने बताएपछि उनीहरू दिनभरि लगनखेलमै टहलिए र साँझ परेपछि पाटन अस्पताल अगाडिको फुटपाथमा सुत्न पुगे ।

आइतबार राति ९ बजेतिर हामी पुग्दा उनीहरू सुतिसकेका थिए तर निदाएका थिएनन् । भोको पेट र चिसो छिँडीमा निद्रा पर्न चानचुने कुरा होइन । गोविन्द र सरस्वतीको बाल्यकाल लगभग उसैगरी बितेको हो ।

उनीहरू दुवैलाई आफूहरू कति वर्ष हुँदा आफ्ना अभिभावक गुमायौं भन्ने याद छैन । सरस्वती घरेलु कामदार र गोविन्द ज्यालादारी मजदुरकै रूपमा हुर्किए, कहिल्यै मागेर खाएनन् ।

तर गत चैतमा लकडाउन सुरु भएपछि उनीहरूको आम्दानीको स्रोत गुम्यो । भाडा तिर्ने पैसा त के, खाने अन्नसम्म बाँकी रहेन । ‘पहिले दुई जना बूढाबूढीको गरेर ८/१० हजार आम्दानी हुन्थ्यो,

खान ठिक्क पुग्थ्यो, गोविन्दले भने, अहिले न काम पाइन्छ न खान, राति बाटोमा सुत्दा चिसो हुन्छ, छोराको ज्याकेट निकाल्छु भन्दा पनि घरभेटीले ढोका खोलिदिएनन् ।

प्रकाशित मिति September 30, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस