no-image

काठमाडौं ।

सरकारी कर्मचारीलाई हप्तामा दुई दिन सार्वजनिक विदा दिने विषयमा फेरी छलफल सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वारेमा प्रस्ताव तयार पारेर सरकारलाई बुझाउने भएको छ ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ । पर्यटन मन्त्री योगेश भट्टराईको

अध्यक्षतामा मन्त्रालयमा बिहीवार बसेको उच्चस्तरीय समूहको बैठकले कर्मचारीलार्य हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयका सह सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन

बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ। जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने भएको हो।

प्रकाशित मिति September 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस