no-image

काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चिकित्सा शिक्षाका लागि लड्दै र चिकित्सा क्षेत्रलाई राम्रो बनाउनको लागि विभिन्न माग राख्दै आएका नेपालका असल

पुत्र डाक्टर गोविन्द केसीलाई झुठको पुलिन्दा भनेका छन । मन्त्री भट्टराईले अनसनरत केसीको व्यवहार भन्ने एउटा र गर्ने अर्कै जस्तो भएको टिप्पणी गरेका छन ।

डाक्टर केसीलाई नेपाल प्रहरीले बल जबरजस्ती गरेर घिसारेको भिडियो सार्वजनिक भएपछि सरकारको यतिबेला चौतर्फी विरोध भइरहेको छ । तर मन्त्री योगेश भट्टराईले भने डा. केसीको इन्टेन्सन नै गलत भएको बताएका छन् ।

भट्टराईले केसीले सरकार र नेपाली जनतासँग इमोशनल ब्ल्याकमेलिङ गरिरहेको आरोप समेत लगाएका छन् । इमोशनल ब्ल्याकमेलिङ गर्नु राम्रो नभएको नागरिक नेटवर्कसँगको कुराकानीमा भट्टराईले भनेका छन ।

गोविन्द केसी राम्रो डाक्टर र सम्मानित व्यक्ति भए पनि उनको यतिबेला व्यवहार भने एउटा र कार्यशैली भने अर्को भएको भट्टराईको आरोप छ । कांग्रेसको सरकार हुँदा पनि मैले गोविन्द केसीका कतिपय कुरा गलत छन् नभनेको भने होइन ।

भट्टराईले भेनेका छनकी अहिले सरकारको विरोध गरेको भएर मात्र यस्तो भनेकोचाहिँ होइन । मन्त्री भट्टराईले केसीका माग कसले सम्बोधन गर्ने भनी प्रश्न गरे ।

मेडिकल कलेज खोल्नुपर्छ त्यो गर्नुपर्छ उ गर्नुपर्छ। त्यत्रो कसले व्यहोर्न सक्छ ति सब माग पुरा गर्नेलाई ? गोविन्द केसीको मागको नियत नै गलत भएको भट्टराईले दावी गरेका छन ।

प्रकाशित मिति September 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस