no-image

काठमाडौं ।

करिब तीन वर्षअघि युट्युबमा रोडिज प्यारोडी आयो । जसको पहिलो भिडिओ नै युट्युब ट्रेन्डिङमा पयो । यसका कलाकारको अभिनय धेरैले मन पराए ।

अहिले पनि त्यसका कतिपय कलाकार युट्युब स्टार, कलाकार तथा मोडलका रूपमा खुव रुचाइएका छन् । जस मध्य एक हुनुहुन्छ रियाशा दाहाल ।

प्यारोडी–कमेडीबाट कला क्षेत्रमा होमिएकी रियाशा अभिनयमा लोभ लाग्दो प्रतिभाको रुपमा उदाउँनु भएको छ । विशेषगरी युवा वर्गमा उहाँको प्रभाव राम्रो फैलिएको छ ।

पछिल्लो समय रियाशा मोडलिङमा यसरी जम्दै हुनुहुन्छ, उहाँका हरेक म्यूजिक भिडियो युट्युब ट्रेन्डिङमा छन् ।
शनिबार न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुरा

गर्दै कलाकार तथा मोडल रियाशा दाहालले आफुलाई छोटो समयमा दर्शकले रुचाएको भन्दै खुशी व्यक्त गर्नुभयो । कोरोनाको कहालीकाबीच पनि दाहाललाई म्युजिक भिडिओबाट फुर्सद छ्रैन ।

बीबीए पढाइ सकेर बसेकी रियाशा आफु कलाकारिता योजनावद्ध नभई एकाएक प्रवेश गरेको बताउँनु हुन्छ ।
अभियनयमा जसरी चञ्चले, छिटो छिटो बोल्ने, छुच्ची देखिएपनि वास्तविकतामा केहि फरक रहेको उहाँको भनाइ छ ।

कलाकार चर्चित हुनु र लोकप्रिय हुनुमा के फरक हुने रहेछ भन्ने कार्यक्रम प्रस्तोता राजिब खत्रीको प्रश्नमा दाहालले फरक रहेको स्पष्ट पार्दै आफु आफुलाई कामले जितेर लोकप्रिय बन्ने इच्छा रहेको समेत बताउँनु भयो ।

प्रकाशित मिति September 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस