no-image

काठमाडौं ।

मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो ।

कारण थियो १४ गतेका लागि बामदेव गौतमको विषयमा परेको मुद्दाको संवैधानिक इजलाशका लागि सुनुवाई । आजै मन्त्रिमण्डल पुर्नगठन गर्दा बामदेव गौतमलाई नियतवश रोकिएको सन्देश जान्थ्यो ।

त्यसप्रति प्रचण्डले ओलीलाई सचेत गराएका थिए । त्यसपछि तीन दिन पर्खने सहमति भएको छ । अब मन्त्रिमण्डल पुर्नगठन १४ असोजपछि मात्र हुने भएको छ । उक्त दिन

सर्वोच्च अदालतको संवैधानिक इजलाशले बामदेव गौतमलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको अन्तिम किनारा लगाउने प्रक्रियामा सुनुवाई शुरु हुनेछ ।

इजलाशको फैसलाबारे धेरैले अनुमान गरिसकेका छन् ।
आज प्रचण्ड बालुवाटार पुगेर नरोकेको भए मन्त्रीहरुको लिष्ट नै तयार गरी पुर्नगठन हुने भइसकेको थियो । कतिपयलाई मन्त्री बनाउने खबर आइसकेको विश्वस्त सूत्रले बताएको छ ।

उनीहरुले दौरा सुरुवाल ठिक्क पारिसकेका छन् । अब ठिक्क पारेको दौरा सुरुवाल केही दिन फेरि थन्कने भएको छ । यसपटक बामदेवमाथि दिने त्रिपाठीले दायर गरेको मुद्दाले धेरैको मन्त्री बन्ने सम्भावनालाई केही दिन पछि धकेल्यो ।

बिदा हुन लागेका मन्त्रीहरु केही दिन पदमै रहने भएका छन् । तर, धेरै मन्त्रीहरुले बिदा हुनुपर्ने संकेत पाइसकेकाले अग्रिम तयारी गर्न थालेका छन् । आफूलाई मन्त्री बन्नबाट रोक्न रिट

दायर गरिएपनि बामदेव भने जुनै पनि हालतमा मन्त्री बन्ने पक्षमा छन । यस भन्दा अगाडी आफू प्रधानमन्त्री बन्न समेत पाउनुपर्छ भन्दै आएका उनी जसरी पनि मन्त्री बन्ने विचारमा छन ।

उनी आफ्ना निकट नेताहरुलाई मन्त्री बन्न नपाए देश पछाडी पर्ने पनि बताउँछन । केहि समय अगाडी उनले आफू प्रधानमन्त्री बन्न लायक भएको समत दावी गरेका थिए ।

प्रकाशित मिति September 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस