मौसमको खराबी हुँदा बिजुली नियमित हुन सकेन -प्राधिकरण कोइरालाको दाबी

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण विद्युत् आपूर्तिमा गडबडी भएको बताएका छन । विद्युत् आपूर्तिमा भएको गडबडीबारे

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तसँग मन्त्रालय भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन । मौसममा खराबी आउँदा विद्युत् आपूर्तिमा पनि समस्या देखिएको छ’ उनले भने, मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जान्छ ।

कोइरालाले प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या हटाउँदै विद्युत सुचारु गरिरहेको दाबी गरेका छन । ललितपुरको खोकना र काठमाडौंको ग्राण्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत सुचारु गराए

कोइरालाले भने, तौलिहवामा विद्युत सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भयो । मन्त्री पुनसँगको बैठकमा प्राधिकरणका वितरण

निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरीले लगातारको वर्षा, बाढी पहिरो, चट्याङ, रुख ढल्ने जस्ता कारणले प्रणालीमा समस्या आएको बताए ।

न्यौपाने र चौधरीले पनि वर्षा कम भएसँगै समस्या समाधान हुँदै जाने जानकारी मन्त्रीलाई दिएका छन ।

प्रकाशित मिति September 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस