पर्वतेली नव गायक पि बि घायलको  पहिलो  गित “पेखरामा” सार्बजनिक

पोखरा ।

पर्वतको फलेवास नगरपालिका 6 भुसालचौरमा जन्मिएका उदयिमान कलाकार पि बि घायल को पहिले गित पोखरामा साबजनिक भए लगत्तै निकै चर्चामा रहेको छ । गितको प्रत्येक टुक्काहरु टिकटकमा भाईरल बनेका छन । सानै देखि गित संगितमा औधि रुचि राख्ने घायल रोजगारिको सिलसिलामा दक्षिण कोरियामा रहेका छन ।

कोरिया बाटै रेकड गरिएको पोखरामा भन्ने गितमा उनलाई आवाजमा अहिलेकि बहुचर्चित गायिका संझना भण्डारिले साथ दिएकी छन । बिदुर शर्माको उत्कृष्ट शब्दहरुमा घायल आफैले संगित (लय) सृजना गरेका हुन ।

गितको भिडियो मा अहिलेका बहुचर्चित मोडल हरु बिमल अधिकारि र अन्जलि अधिकारिको अभिनय रहेको छ । गित को ऎरेन्ज याम थापा मगरले गरेका हुन भने निर्देशन मोडल बिमल अधिकारि आफैले गरेका छन ।

गितको सम्पुर्ण पक्षहरु अति उत्कृस्ट बनेको र आम दर्शक स्रोताले रुचाईदिएको मा आफु खुशि भएको र थप उर्जा मिलेको घायलले साथिखबर डट कमलाई बताए । हेर्नुहोस बाँकी भिडियो बाट…

प्रकाशित मिति September 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस