नेपालमा कोरोना बढदै गएपछि फेरि एक महिना लकडाउन हुने पूरा हेर्नुहोस

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन ।

कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो ।

गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन । यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ। ‘अहिले १७ हजार सक्रिय संक्रमित छन ।

कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

प्रकाशित मिति September 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस