कुलमानको प्रशंसा गर्ने सबै पाखे हुन भनेको भिडियो भाइरल !! सल्लाहकारले खोले मुख

काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका समर्थकलाई पाखेको संज्ञा दिएको भिडियो भाइरल भएपछि उनले मुख खोलेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई आफुले पाखे भनेको बताएका छन् ।

ऋषि धमलाको चर्चित टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा थापाको उक्त आपत्तीजनक अभिव्यक्तीले सम्पूर्ण नेपालीको घोर बेइज्जत भएको भन्दैँ चौतर्फी चर्को विरोध र आलोचना सुरु भएपछि उनले मुख खोलेका हुन् ।

उनले भनेका छन्ः मैले पाखेू भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ । एक पाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु ।

त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु । सूर्य थापाले कुलमानलाई वाह, वाह भन्दैँ प्रशंसा गर्ने सबै पाखे हुन् भन्दैँ बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रकाशित मिति September 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस