काठमाडौ ।
देशलाई बामदेब चाहिएको कि कुलमान ? पूर्व प्रधानमन्त्री भट्टराई । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बामदेबलाई राष्ट्रिय सभामा लाने तर कुलामान घिसिङलाई बिद्युत प्राधिकरणमा कार्यकाल थप नगर्ने सरकारको निर्णयप्रति कटाक्ष गरेका छन ।
मन्त्रीपरिषदको निर्णयप्रति सामाजिक सञ्जाल ट्विटरमा प्रतिकृया दिदैं उनले ओलि सरकारलाई कथाको लाटो बुंगोसँग तुलना गरेका छन् । साथै उनले ओली सरकारले जनभावना बिपरित काम गरेको आरोप समेत लगाएका छन ।
उनले ट्विटरमा लेखेका छन्, ”कथामा लाटो बुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर भन्यो त्यो गर्थ्यो! ओली सारकार त्यसैको अवतार जस्तो छ ।
आम नागरिक तथा मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाउ भने तिनलाई लाने भएछ तर लोड्सेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ! लाजमर्दो।”
प्रकाशित मिति September 22, 2020