माहामारीले गर्दा कुनै काम गर्न दिएन, नत्र सबै बाचा पुरा भैसक्थे: प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको अवस्था नआएको भए पहिले गरिएका सबै बाचा र काम पुरा भैसक्ने बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीकै कारण केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुन नसकेको पनि उल्लेख गरे ।

उनले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको समेत बताएका छन् । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको बताए ।

विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने समेत बताए । प्रधानमन्त्रीले भने,

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो ।

रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो । विगत तीन बर्षदेखि अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको भएपनि

कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको पनि प्रधानमन्त्रीले बताए । उनले सरकारले कोभिड–१९ बाट प्रभावित उद्योग-व्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरुत्थानका प्रस्तावहरु

अघि सारेको बताउँदै कर सहुलियत देखि बैक ब्याज एवं विद्युत महसूल छुट र श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट रकम योगदान गर्नेसम्मका कामहरु भएको बताए । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष रेमिट्यान्स भित्रिएको पनि उनले उल्लेख गरे ।

प्रकाशित मिति September 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस