no-image

काठमाडौँ । लोकप्रिय कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन परेको । आजबाट धुर्मुस ३७ वर्षमा लागेका छन् ।

कलाकरितासँगै समाज सेवामा समेत सकृय कट्टेलले नयाँ कामका निम्ति अघि बढिरहेर सफल पनि भइरहेका बेला एकाबिहानैदेखि उनलाई जन्मदिनको शुभकामनाको ओइरो लागेको छ ।

मेरी बास्सै नामक हाँस्यशृखलामा धुर्मुस नामक हाँस्यपात्रका रुपमा जमेपछि उनको चर्चा यति चुलियोकी उनी नेपालकै सर्वप्रिय हाँस्य कलाकारको कोटीमा गनिन पुगे ।

कलाकारितालाई थप उचाईमा पुर्यारहेकै बेला भूकम्प पिडितहरुलाई बस्ती बसाईदिने र विभिन्न सामाजिक अभियानमा समेत सक्रिय धुर्मुसले अहिले चितवनमा भब्य अन्तराष्ट्रिय रंगशाला निर्माणमा समय दिइरहेका छन् । चलचित्र निर्माणमा समेत खटेका यि सर्वप्रिय अभिनेतालाई ओएस नेपालको तर्फबाट पनि जन्मदिनको शुभकामना ।

प्रकाशित मिति September 20, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस