अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु फरिया उचालेर स्तन ढाके जस्तै हो

सुष्मा तिमिल्सिना

प्रधानमन्त्री ओलीको सपना, उनको योजना रेल यथावत विपना भइदियो- रेल आयो ! सामाजिक संजाल आज भोलि यति छिटो छ कि बहस, पैरवि, फैसला बनेर कुनै पनि बिषय घडिको सुई चले जस्तै सेकेण्डमै आइहाल्छ ।

नेपालको कुना मात्र होइन विश्वको हरेक कुनामा पुगेका नेपालीलाई यो हप्ता जनकपुर-जयनगर रेलको बिषयले छोयो । सपनामय रेल साँच्चै विपनामा आउँदा दसैको बेलामा नयाँ लुगा लगाउन पाएको बालकको जस्तो कुतकुति भएको देखियो ।

राणा कालमै राजधानी काठमाण्डूमा रेल कुदेको नेपालका लागि गणतान्त्रिक युगमा रेल नौलो हुनु नपर्ने हो । भैदियो । रेल नचढेपनि रेलको खास व्याख्या गर्न सक्ने भैसकेका छौं हामी। राजनीतिको मुख्य नारा रेल भएको जो छ ।

बिश्वमा रेलसेवाले कस्तो फड्को मार्यो सोको स्मरणसमेत गर्दा नेपालको रेलसेवामा भएको झेल प्रष्ट छ। रेल आयो यो सरकारले गर्यो है आहा ! भनि कि रमायो यात विरोध जनायो | देशमा बिकाश हुनु, रेल आउनु, पानीजहाज चल्नु एकदम राम्रो कुरा हो !

यस्को लागि डटेर काम गरे सरकारलाई सबैले समर्थन र प्रसंसा गर्नै पर्छ ! तर यहाँ रेल राजनीति भैरहेको प्रष्ट छ । प्रधानमन्त्री केपी ओली र नेकपाले चुनाबमा वाचा गरेको रेल यो होईन । पूर्वपश्चिम र उत्तरदक्षिण जोडने रेल यो होइन ।

यो त सन् १९२७ देखि संचालनमा रहेको जयनगर जनकपुर रेलवेको लिक मर्मत गरिएको हो । र, ११ वर्षअघि भारतसँग भएको समझौताअनुसार भारतबाट पुरानो रेललाई रंगीन बनाएर ल्याइएको हो। यहि रेल देखाएर देख्यौ नि भनेर सरकारी पक्ष हौशिनु उदेक लाग्दो छ ।

ऊ बेला राणाहरुले बनाएको सानो रेलमार्ग मर्मत गरेर मात्र भएन नी, होइन र ? प्रधानमन्त्री ओलीको रेल उत्तर दक्षिण रेल, केरुङ -काठमाडौ…काठमाडौ -पोखरा…पोखरा बाट बेनि…..बेनि जादाँ कुस्मा हुँदै जाने र कुस्मामा स्टेशन वाला रेल हो !

२१औ सताब्दीमा रेल १०० बर्ष पहिले चलिसकेको ठाउँमा आउँदा यत्रो जात्रा ? रेल नयाँ मोडालिटि र समय सुहाउँदो पनि होइन । साना साना कुरालाई ठूलै उपलब्धि देखाएर भ्रम पार्ने कुरा यो सरकारका लागि सुहाउँने बिषय होइन । नेपाल आज बाट….

प्रकाशित मिति September 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस