कुलमानको नियुक्तिको माग गर्दै अमेरिकामा प्रदर्शन समान सोरुप शेयर गर्नुहोस

काठमाडौ ।

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुन: नियुक्तिको माग गर्दै अमेरिकामा नेपालीले विरोध प्र’दर्श न गरेका छन । अमेरिकाको न्यूयोर्कस्थित ज्या क्शन हाइटमा जम्मा भएर गैरआवासीय नेपालीहरुले कुलमानले पुनः निरन्तरता पाउनुपर्ने माग राखेका हुन ।

प्ले कार्डसहित उपस्थित भएका नेपालीहरुले ‘हाम्रो होइन राम्रो मान्छेलाई पुर्ननियुक्ति दे’ ‘उज्यालो नेपालका अभियान्ताले निरन्तरता पाउनु पर्छ’ ‘कुलमान जिन्दावाद’ ‘जनताको चाहना कुलमानको निरन्तरता’ लगायतका नारासमेत लगाएका थिए । आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले नेपाललाई अन्धकारबाट उज्यालोमा लैजाने कुलमानले पुर्ननियुक्ति पाउनुपर्ने धारणा राखेका छन ।

यस्तै आफ्नो मातृभूमी नेपाल अब अन्धकारमुक्त हुन कुलमानले निरन्तरता पाउनै पर्ने उनीहरुको माग थियो। कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको समेत उलेख्य सहभागिता रहेको थियो । महासंघका अध्यक्ष लोक चेम्जोङले ओली सरकारले जनताको चाहना बुझेर तुरुन्त पुर्ननियुक्ति दिनुपर्ने धारणा राखे ।

उनले राम्रो काम गर्ने कर्मचारीलाई निरन्तरता दिन संविधान र कानुनलेसमेत नछेक्ने बताए । चार वर्षे कार्यकाल सकेर प्राधिकरणबाट भर्खरै अवकास पाएका घिसिङले निरन्तरता पाउनुपर्ने भन्दै यतिखेर सामाजिक संजाल र सडकहरुमा सरकारका विरुद्धमा नारा बाजी भइरहेका छन । एजेन्सी

प्रकाशित मिति September 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस