no-image

काठमाडौं ।

सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको हो । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मि त्यु पछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो ।

तर शव व्यवस्थापन गर्दा भने सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जनाउँदै भने, ‘शवबाट नमुना निकाली कोभिड – १९ कोरोना भाईरसको परीक्षण गर्ने काम नगर्ने नगराउने ।’

कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड – १९ कोरोना भाईरस संक्रमण पुष्टि भएका थुप्रै केस छन् ।

प्रकाशित मिति September 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस