no-image

काठमाडौं । देशभर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा कुलमान घिसिङको पुनः नियुक्तिमा सर्वसाधारणले इच्छा देखाइरहेका बेला कुलमानका सर्मथकले काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

माइतीघरमा कुलमानको सर्मथनमा गरिएको प्रर्दशनमा प्रहरीले लाठी चार्ज गर्दै प्रर्दशनकारीहरुलाई लखेटेको छ ।

प्रहरीले चौतर्फी घेरा हालेर प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि प्रहार गरेको छ भने लाठीचार्ज समेत गर्न भ्याएको छ ।

कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञामा काठमाडौं उपत्यकामा भेला, प्रदर्शन गर्न रोक लगाइएको नियम उलंघन गरेको भन्दै बल प्रयोग गरेको हो ।

प्रकाशित मिति September 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस