no-image

काठमाडौँ ।

साउदी अरेबियाले आंशिक रूपमा मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा भएको यस अघिको प्रतिबन्ध हटाउने भएको थियो । साउदीको आन्तरिक मन्त्रालयले कोरोना महामारीको कारणले यात्रा प्रतिबन्ध लगाएको छ महिना पछि यस्तो निर्णय गरेको थियो । साउदीले यो निर्णय गरेसंगै विशेष परिस्थितिमा सीमित सङ्ख्यामा मानिसहरूलाई

साउदीमा यात्राको अनुमति दिइने भएको थियो ।अरब न्यूजका अनुसार साउदीका गृहमन्त्रीले कोरोनाका कारण अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध आगामी वर्षको जनवरीसम्ममा पूर्णरूपमा हटाइने जनाएका छन् । प्रतिबन्ध हटेसंगै मानिसहरूलाई जल, थल र सीमाबाट आवतजावतको अनुमति दिइनेछ ।

प्रतिबन्ध हटाइने मितिको घोषणा वर्ष सकिनु ३० अगाडि अर्थात डिसेम्बरमा जानकारी दिइनेछ र स्वास्थ्य मन्त्रालयले यात्री तथा यात्रा सेवा प्रदायकका लागि नियमहरू तय गर्नेछन् । खाडी नागरिकहरू र वैध रेसिडेन्सी अनुमति वा भिसा भएका अन्यलाई समेत मंगलबारदेखि साउदी प्रवेश गर्न दिइनेछ ।

अरब न्यूजका अनुसार साउदी अरबमा आइतबारसम्म देशका ९३ प्रतिशत संक्रमित ठिक भएका छन् । स्वास्थ्य मन्त्रालयको हवाला दिदैँ प्रकाशित समाचारका अनुसार साउदीमा ३ लाख २५ हजार ६ सय ५१ संक्रमित रहेकोमा ३ लाख २ हजार ८ सय ७० संक्रमित निको भइसकेका छन् । साउदी प्रवेश गर्न पाउनेले अनिवार्य कोरोना नेगेटिभको प्रमाण भने पेस गर्नु पर्ने बताइएको छ ।

प्रकाशित मिति September 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस