no-image

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कसलाई बनाउने भनेर प्रधानमन्त्री केपी ओली र उनका आसेपासे बाहेक उनकै घरसँग घर जोडीएको छिमेकीलाई सोधेपछि कुलमान भन्ने जवाफ आउँछ । तर चाकडीबाद, नातावाद र कृपावादको अन्धभक्त बनेको ओली सरकारले कुलमान घिसिगंको सत्कर्म नदेखेझै गरेर उनलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन आनाकानी गरिरहेका बेला कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई फेरी आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत कलाकार श्रेष्ठले कुलमानजस्तो अर्को मानिस नपाइने भन्दै सरकारलाई खबरदारी समेत गर्दै भनेका छन् एउटा सांसद वा मन्त्रीले जिल्लाको एक क्षेत्रबाट मात्र चुनाव जित्ने तर कुलमान देशका ७७ मध्ये जुन जिल्लामा जुनसुकै पार्टीबाट उठे पनि सांसदको चुनाव जित्छन् भन्दै सरकारले बेलैमा सचेत रहँदै उनलाई नै दोहोर्याउन आग्रह गरेका छन् । उनले लेखेका छन्, एउटा जिल्लाको मत प्राप् गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ।

तर मेचीदेखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका तीन करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्बाचित हुने निश्चीत देखिन्छ।

आमजनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन्। लौ है आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।

प्रकाशित मिति September 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस