no-image

काठमाडौँ – कञ्चनपुरमा डिउटीकै अवस्थामा एक प्रहरी जवानको निधन भएको छ। कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको निधन भएको हो।

निधन हुनेमा दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका-२ घर भएका प्रहरी जवान सुरेन्द्रकुमार ऐर रहेका छन्। ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर शुक्रबार राति १२ बजे ऐर एक्कासी ढलेर बेहोस भएको र तत्कालै उपचारका लागि धनगढी ल्याईएपनि ज्यान बच्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित मिति September 5, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस