no-image

कोरोना महामारिकाबीच जनतालाई जोगाउनका लागि अहोरात्र सडकमा खटिएका ट्राफिकलाई सामुहिक रुपमा कुटपिट गरि घाईते बनाएकोप्रति ललितपुर प्रहरीले दुःख व्यक्त गरेको छ ।

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण र कुटपिट गरी घाईते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाको जानकारी लिदै महाशाखाका प्रमुख एसएसपी भीम ढकालले त्यसरी सामुहिक रुपमा निर्घात कुटपिट गर्नु अमानविय मात्रै नभई कानुन विपरित समेत भएको बताए ।

जावलाखेल स्थित अल्का अस्पताल पुगेर घाईतेलाई सान्त्वना दिदै एसएसपी ढकालले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरी माथी आक्रमण गर्नेहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्ने पनि बताउनुभयो । घाइते घिमिरेको ललितपुर, जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति September 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस