no-image

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशकी समकक्षी शेख हसिनासँग फोन वार्ता गर्नुभएको छ ।

मङ्गलबार दिउँसाे भएकाे फोन वार्तामा प्रधानमन्त्रीले नेपाल र बङ्गलादेशको मित्रता र अन्य समसामयिक विषयमा कुराकानी गर्नुभएको हो । आफूले बङ्गलादेशी प्रधानमन्त्रीलाई युरिया मल नेपाललाई दिन आग्रह गरेको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएकाे छ ।

साथै बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले प्रस्ताव सकारात्मक रुपमा लिएको पनि प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

प्रकाशित मिति September 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस