no-image

काठमाडौं : सरकारले विदेशबाट उद्दार गरि ल्याइकाहरुलाई राख्न काठमाडौंका होटलको सूची सार्वजनिक गरेको छ´। जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो बेलुकी एक सूचना जारी गर्दै एकतारे देखि पाँच तारेसम्मका होटलहरुको विवरण सार्वजनिक गरेको हो´।

पाँच तारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ। चार तारेमा बस्नेले दिनको ६ हजार, तीनतारेमा ५५ सय, दुईतारेमा बस्नेले ३५ सय र एकतारेमा बस्नेले २५ सय रुपैयाँ तिनुपर्ने तोकिएको छ´।पर्यटकस्तरीय होटलमा बस्नेले भने एक दिनको १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ। अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य ल्याउनुपर्ने र काठमाडौं आइसकेपछि एक साता होटलमा बस्नुपर्ने निर्णय सरकारले गरेको छ´। पीसीआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्नेछ´।

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले विदेशमा अलपत्र परेका नागरिकको उद्धारका लागि तत्काल उडान सुरु गर्ने निर्णय गरेको थियो। क्वारेन्टाइनहरु तयार नभएको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले मंगलबार तय भइसकेको उडान समेत अप्रत्यासित रुपमा स्थगित गरेको थियो।

प्रकाशित मिति August 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस