no-image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप गर्न माग गरेका छन् ।

चार वर्षे कार्यकाल सकिएर बिदा हुन लागेका घिसिङले नेपालको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउको बताउँदै अध्यक्ष लोहनीले सरकारले सक्षम व्यक्तिलाई पुनः अवसर दिनुपर्ने माग राखेका छन् ।

‘बिचौलिया र दलाल पूँजीबादमा डुबेको यो सरकारले उनलाई फेरि नियुक्त गर्छ जस्तो मलाई लाग्दैन’, उनले भने, ‘तर अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनै पर्छ ।’

अध्यक्ष लोहनीले कूलमानलाई आगामी चार वर्षे कार्यकाल दिएर भारतबाट आयात हुने विद्युत पूर्०ा रुपमा हटाएर नेपाललाई पूर्ण रुपमा बिद्युतमा आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । लोहनीले कुलमानको प्रशंसा गर्दै सामाजीक संञ्जाल फेसबुकमा आफ्नो धारणा राखेका हुन ।

बाँकी उनको फेसबुकबाट …।

कुलमान घिसिङको कार्य क्षमता अब नेपालमा सबैलाई थाहा छ । उनले यो इज्जत आफ्नो कामबाट कमाएका हुन् । अब उनको चार बर्षे कार्यकाल सकिँदैछ । बिचौलिया र दलाल पूँजीवादमा डुबेको यो सरकारले उनलाई फेरि नियुक्त गर्छ जस्तो मलाई लाग्दैन । तर अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनै पर्छ । मूलतः आउँदो चार वर्षमा उनलाई मोटामोटी निम्न काम को जिम्मा दिनुपर्छः

१. भारतबाट हाल पनि नेपालको कुल खपतको ३० प्रतिशत हाराहारीमा विद्युत आयात हुन्छ अब अर्को चार बर्षमा नेपाल पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुनुपर्छ ।

२. कम्पनी राम्रै नाफामा जान थालेको परिवेशमा अबको चार बर्षभित्र थप पूँजी जनताको लागि सेयर बजारमा बेच्ने र प्राधिकरणमा जनताको स्वामित्व कमसेकम ५० प्रतिशत पुर्याउने ।

३. नयाँ सेयर किन्ने लगानीकर्तालाई कमसेकम १२ देखि १५ प्रतिशत लगानीमा प्रतिफल सुनिश्चितता गर्ने ।

४. जलविद्युत बाहेक अन्य उर्जा श्रोतबाट १० देखि १५ प्रतिशत विद्युत उत्पादन गर्ने ।

प्रकाशित मिति August 21, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस