no-image

पोखरामा सोमबार रातीदेखि एकसाता ल’कडाउन गर्ने निर्णय भएको छ । महानगरस्तरीय कोरोना भाइरस नियन्त्रण समितिले भदौ ८ गतेसम्म नि’षेधाज्ञा सहितको ल’कडाउन गर्ने नि’र्णय गरेको हो । अत्यावश्यक बाहेक सबै सेवाहरु ब’न्द गर्नेगरी निर्णय भएको समितिका संयोजक तथा मेयर मानबहादुर जिसीले बताए ।

उनका अनुसार यो अ’वधीमा सबै सरकारी कार्यालयहरु समेत ब’न्द हुनेछन् । सार्वजनिक गाडीहरु चल्दैनन् । तर अत्यावश्यक ढुवानी भने हुनेछ । ‘संक्रमण थपिँदै गयो ।
राजनीतिक दलहरुसँगको छलफलमा पनि लकडाउनको सुझाव आयो,’ मेयर जिसी भन्छन्, ‘सबैतिरको मध्येनजर गर्दै लकडाउन गर्न लागिएको हो ।’

पोखराका ३१ वटा वडामा संक्रमण पुष्टी भएको छ ।महानगरले जिल्ला प्र’शासन कार्यालयलाई लकडाउनको सि’फारिस गरिसकेको छ । प्रशासनले सोही सिफारिसका आधारमा विज्ञसँग छलफल गरेपछि लकडाउन घो’षणा गर्ने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

प्रकाशित मिति August 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस