no-image

काठमाडौं : भारतको ७४औं स्वतन्त्राता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । शनिबार बिहान ट्विटरमार्फत ओलीले भारत सरकार र भातरका जनतालाई स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका हुन्।

‘बधाई तथा शुभकामना छ प्रधानमन्त्री नरेन्द्र मोदी जी’ ओलीले ट्विटरमा लेखेका छन्, ‘७४औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र भारतीय जनताको उत्तरोत्तर प्रगती र समृद्धिको कामना गर्दछु ।’

सन १९४७ मा आजकै दिन ब्रिटिस उपनिवेशबाट भारत मुक्त भएको थियो । त्यसयता भारतले यसदिनलाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ।

प्रकाशित मिति August 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस