रुसले विकास गर्‍यो कोरोनाबिरुद्ध एन्टिभाइरस नामक औषधि, संक्रमित ४ दिनमै निको भएको दावी

परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरस बिरुद्धको औषधि प्रयाेगमा स्वीकृति दिएकाे छ ।

योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरस बिरुद्धको औषधि दिइदैछ । रुसको स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमितहरुलाई आगामी जुन ११ बाट यो औषधि दिइने बताइएकाे छ । रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका काेराेना संक्रमितहरूलाइ याे औषाधि दिइने बताएकाे समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेकाे छ ।

यो एन्टिभाइरसको रुपमा बिकास गरिएको औषधिको नाम एभिफ्याभिर राखिएको छ । कोरोना भाइरस बिरुद्धको औषधि अहिलेसम्म कुनैपनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औषधि बिकास गरेकाे दावी गरेपनि प्रयोगका लागि सरकारले अनुमति दिइएको छैन् ।

सम्भवत कोरोना भाइरस बिरुरद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औषधि निर्माता कम्पनीले कोरोना विरुद्धको बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दावी गरेको छ । अन्य मुलुकले अहिलेसम्म औषाधि बनाएकाे दावी भने गर्ने गरेका छन् । तर प्रभावसाली भने भएकाे छैन् ।

जापानमा पनि यो औषधिलाई एभिगान नामबाट परीक्षण गर्ने तयारी भइरहेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२.८ करोड डलरको बजेट स्वीकृत गरेका गरेका समाचार एजेन्सीहरूले बताएका छन् । तर जापान सरकारले भने कोरोना बिरुद्धको औषधिका रुपमा स्वीकृति दिन बाँकी नै रहेको छ ।

प्रकाशित मिति June 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस