no-image

म चिकित्सक होइन, तर म केही अवश्य भन्न सक्छु । भन्छन् नि, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस । भरसक हामी सचेत हुनुपर्छ कि हामीलाई क्यान्सर नलागोस । त्यसको लागि रोग नि’रोधक जीवनशैली अपनाउन नै आवश्यक छ । मलाई आफ्नो अनुभवले पनि केही कुरा सिकाएको छ ।

मैले जोड दिएको कुरा के हो भने, रोग लागेर उपचार गरिसकेपछिको जीवनमा फेरि पनि त्यो रोग फर्केर नआओस् भन्नको लागि मैले गर्नुपर्ने क्रियाकलाप हो । मैले अध्ययन गर्दै जाँदा हामीले भन्ने गरेको ‘हेल्दी लाइभस्टाइल’ को बारेमा म बोलिहाल्छु । हाम्रो शरीर दिमाग, शरीर र आत्माले बनेको हुन्छ ।

शरीरलाई आहार खाना चाहिन्छ, जसमा अर्ग्यानिकलाई केन्द्रित गरिन्छ। यसमा खानासँगै शरीलाई दिने आराम पनि आउँछ । दिनमा ८ घण्टा सुत्नु भन्छन्, यो असाध्यै आवश्यक रहेछ । मैले पहिला धेरै धेरै काममा मग्न हुन्थे, नसुते पनि हुन्छ भन्थे । तर शरीरलाई यो चाहिने रहेछ, धेरै मात्रामा आराम र निन्द्रा पनि ।

तर यो सँगै शरीलाई शा’रीरिक रुपमा सक्रिय बनाउनु पनि उत्तिकै आवश्यक रहेछ । हामीले हाम्रो शरीरलाई स्वस्थ्य राख्न अरु धेरै कुरामा पनि ध्यान दिन आवश्यक छ । त्यसपछि आउँछ, दिमागी तन्दुरुस्ती । यो हाम्रो मनसँग जोडिएको कुरा हो । यो सकारात्मक छ कि खालि नकारात्मक काम कुरामा अल्झिरहन्छ ?

यो थाहा पाउन एकदमै जरुरी छ । समाचार हेरौँ त, धेरैजसो नकारात्मक नै आउँछ । कता कता मलाई लाग्छ, हामी मानिसहरु न’कारात्मतातर्फ अग्रसर भईराखेका छौँ । त्यसैले हामीले पहिला आफैँले आफैँलाई मूल्यांकन गर्न आवश्यक छ । र यो आफूमा भर पर्ने कुरा हो, कसरी सकारात्मक हुने ।

मलाई लाग्छ, कसैको पनि जीवनमा समस्या नआउने हुँदैन । समस्या आउँछ भने, त्यहाँ पक्कै पनि समाधान पनि आउँछ । समस्यामा उल्झन हैन, समाधानको बाटो हिड्न खोजौँ । सकारात्मक दृष्टिकोण भयो भने जीवनलाई विभिन्न आयामबाट, दृष्टिकोणबाट हेर्न पनि जानिन्छ । भन्छन् नि, ‘जीवनलाई आधा खालि भएको देख्ने कि आधा भरिएको देख्ने ।

अब आयो आध्यात्मिक पाटो । यसमा अदृश्य शक्तिको विश्वास हो। यसमा तपाईँले जुन धर्म, संस्कृतिलाई अपनाउनु हुन्छ, त्यही नै महत्वपूर्ण हुन्छ । ध्यान, साधना, योगाजस्ता कुरा यहाँ पर्न आउँछ । मलाई लाग्छ, मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष पनि यही हो । यदि यी सबैको बिचमा सद्भाव र सन्तुलन

भयो भने र यसलाई नियाल्दै गएमा तपाईँलाई के आवश्यक छ भन्ने बारे तपाईँले थाहा पाउनुहुन्छ । मैले प्रस्तुत गर्न खोज्ने मुख्य विषयवस्तु पनि यही हो, कि कसरी हामी स्वस्थ्य जीवनशैली अपनाउन सक्छौ । तर सत्यता के हो भने, यो कुरा हामीलाई थाहा हुँदाहुँदै पनि हामी बिरामी परेपछि मात्र हाम्रो स्वास्थ्यलाई ख्याल गर्न थाल्छौँ ।

हामीलाई थाहा छ, स्वास्थ्य भएन भने हामी जीवनमा आएका कुनै पनि खुसीहरुमा रमाउन सक्दैनौँ । यसको लागि हामीले हाम्रो स्वास्थ्यलाई प्राथमिकताको केन्द्रमा राख्न जरुरी छ।यदि स्वस्थ्यकर जीवनशैली अपनाउँदा अपनाउँदै पनि हामीलाई क्यान्सर भइहाल्यो भने पनि आत्तिहाल्नु पर्दैन । यहाँ एकदमै पोख्त चिकित्सकहरुको टोली छ, बस तपाई उहाँहरुको सम्पर्कमा आउनुपर्छ ।

नआत्तिकन पूर्ण विश्वासका साथ उपचार गर्नुहोस । मेरो बारेमा भन्नुपर्दा त्यो चौथो तहको क्यान्सर थियो । तर भगवान ममाथि दयालु भए, मेरा चिकित्सक उत्कृष्ट थिए, मलाई मेरो परिवारको एकदमै ठूलो समर्थन थियो । त्यो सबैले मलाई उपचारमा सहयोग गर्यो ।

अहिले म क्यान्सरमुक्त भएको छु र एकदम ठीक छु । अहिले ७ वर्ष भयो । क्यान्सर हुनु मृ*त्युदण्ड होइन, क्यासरपछि पनि जीवन छ । केही छैन भने पनि आशा छ । मलाई लाग्छ सायद क्यान्सरपछि जीवन अझै राम्रो हुन्छ ।

प्रकाशित मिति May 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस