
काठमाडाैं ।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा प्रकाशन गरेपछि भारतसँग राजनीतिक र कूटनीतिक सम्बन्ध बिग्रिएकोमा अहिले नेपाल एक कदम पछि हटेको भनी भारतीय सञ्चारमाध्यम आजतकको अन्लाइन संस्करणमा लेखिएको छ । आजतको अनलाइन मा लेखिएको समाचार हेर्न यहाँ किल्क गर्नुहोस ।
नेपालले जारी गरेको नक्सालाई देशको संविधान संशोधन गरेर वैधानिकता दिनका लागि बुधवार प्रस्ताव राखिन लागेको भए पनि नेपाल सरकारले संसद्को कार्यसूचीबाट त्यसलाई हटाएको उल्लेख आजतकले गरेको छ । नेपालको सत्तापक्ष र प्रतिपक्षले आपसी सहमतिमा संविधान संशोधन विधेयकलाई संसद्को कार्यसूचीबाट हटाएको आजतक लेख्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्साका विषयमा राष्ट्रिय सहमति बनाउनका लागि सर्वदलीय बैठक बोलाएको र बैठकमा सबै दलका नेताले भारतसँग वार्ता गरेर यस विवादलाई टुंग्याउन सल्लाह दिएको खबरमा उल्लेखित छ । भारतसँग द्विपक्षीय वार्ताको वातावरण बनाउन नेपालले यो कदम उठाएको र नयाँ नक्सालाई संसदमा पेश नगरेर नेपालले कूटनीतिक परिपक्वता देखाएको आजतकको व्याख्या छ ।
प्रकाशित मिति May 27, 2020